नेपालको चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर मात्रै अगाडि बढ्नुपर्छ : झलनाथ खनाल

1.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताएका छन् । 

खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका हुुन् ।

बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवको अवसरमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले देशमा चुनौती नै चुनौती रहेकोले नयाँ ढंगबाट अगाडी बढ्नुु पर्ने बताएका हुन् ।

लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको खनालको भनाई छ । निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आमजनतासामु रहेको उनले उल्लेख गरेकका छन् ।

नेपाली समाजलाई स्थायित्वतिर लैजानुपर्नेमा जोड दिँदै खनालले संविधानको रक्षा र उपलब्धिको रक्षाको जिम्मेवारी दलहरूमा रहेको बताए ।

त्यस क्रममा खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना समेत गरेका छन् ।