एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन : कांग्रेस नेता पौडेल

1.9k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्।

 ‘घर घर जाऔँस् कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले मंगलबार डुम्रेमा आयोजना गरेको भेलामा नेता पौडेलले कांग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिएका हुन् । 

स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरेकन छन् । जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो।  तनहुँको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांग्रेसले जित्नुपर्ने पौडेलको जिकिर थियो।

नेपाली कांग्रेसले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाका चारवटै प्रदेशसभा क्षेत्रमा आज भेला गरेको छ।