सार्वजनिक सवारीबाट जोरबिजोर हट्ने तर निजीमा कायमै

3.2k Shares

काठमाडौँ- कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ।

सिसिएमसी प्रवक्ता सुनीता नेपालका अनुसार शुक्रबारको बैठकले जोरबिजोर हटाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

‘अहिलेका लागि सार्वजनिक सवारी साधनमा लागेको जोरबिजोर प्रणाली हटाउन सिफारिस भएको हो,’ प्रवक्ता नेपालले देशसञ्चारसँग भनिन्।

निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर कायमै राख्न पनि सिसिएमसीले सिफारिस गरेको छ।

सिसिएमसीको सिफारिसमा जिल्लास्तरीय कोभिड व्यवस्थापन समिति (डिसिसिएमसी) ले सवारी साधनको अवरोध खुलाउन सक्ने पनि प्रवक्ता नेपालले जानकारी दिइन्।

सार्वजनिक तथा निजी सवारी साधनमा लागेको जोरबिजोर प्रणालीको सर्वसाधारणले आलोचना गर्दै आएका छन्।