राष्ट्रियसभा सदस्य निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपा बीच गठबन्धन !

2k Shares

जनकपुर:  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (Iलोसपा) बीच गठबन्धन हुने भएको छ ।

आज (बिहीबार) जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् ।

एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आह्वान गरेका छन् ।

एमाले सचिव रघुवीर महासेठ, मधेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतका नेता कार्यकर्ता घोषणा कार्यक्रममा सहभागी थिए ।

आगामी १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ ।

1642751923-b7RX2.jpg