ओलीसँग प्रचण्डले गरेको गोप्य सम्झौता के हो ?

10k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले तत्कालिन नेकपामा हुँदा अध्यक्ष केपी ओलीसँग आफुले गोप्य सहमती गरेको स्विकार गरेका छन् ।

प्रचण्ड र ओली विच गोप्य सहमती भएको कुरा केहि समय अघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक गरेका थिए । ओलीले प्रचण्डले माधव नेपाल र झलनाथ खनालहरु सँग ढाँटेर आफु सँग छुट्टै सहमती गरेको दाबी गरेका थिए जसलाई प्रचण्डले स्विकार गरेका छन् ।

एमाले अध्यक्ष ओलीले गोप्य सहमतीको एक प्रती आफु सँग र एक प्रति प्रचण्ड सँग भएको बताएका छन् । गोप्य सहमती भएको भने पनि ओलीले सहमती के के भएको थियो भन्ने बारे प्रचण्डले बोल्नु पर्ने बताएका थिए । प्रचण्डले गोप्य सहमती भएको स्विकार गरे पनि भित्री कन्टेन्ट भने खुलाएका छैनन् ।

एक अनलाइनलाई दिएको अन्तर्वातामा प्रचण्डले तत्कालिन अवस्थामा केपी ओली सँग गोप्य सम्झौता भएको तर उक्त सम्झौता आफुले एक घण्टा भित्रै च्यातिदिएको बताएका छन् । सम्झौतामा हस्ताक्षर भए पछि ओलीले लाइन चाँही एमालेको हुनु पर्छ भन्ने प्रस्ताव गरे पछि आफुले सम्झोता पत्र च्यातिदिएको दाबी प्रचण्डले गरेका छन् ।

प्रचण्डले भनेका छन् ‘गोप्य भनेर उहाँले नै भन्नुभएको छ । केही कुरा उहाँले नै बाहिर पनि भन्नुभएको रहेछ । गोप्य भएको सहमति एकघण्टाभित्र मैले च्यातिदिएको हुँ । सहमति एउटा खालको बनाउन खोजिएको थियो नै ।तर ओलीले सहमति हुनेबित्तिकै ‘तपाईं अध्यक्ष त हुने तर लाइन चाहिँ एमालेले लिएको लिनुपर्छ है’ भनेपछि मैले पनि ‘ए तपाईंले त्यसको लागि सहमति गरेको हो भने यो सहमति सिद्धियो भनेर उत्तिखेरै मैले त्यहीँ भनेको हुँ’ । त्यतिमात्रै होइन त्यहीँ च्यातिदिएको हुँ । ‘

त्यस बखत भएको गोप्य सम्झौताको अहिले केहि औचित्य नभएको पनि प्रचण्डले भनेका छन् । यसले ओलीको फट्याइँ पुष्टि गर्ने भन्दै उनले सहमति हुनेबित्तिकै उनको प्रस्ताव – लाइन चाहिँ एमालेको मान्नुपर्छ है भनेपछि च्यातिदिएको उनले बताएका छन् । ‘म एमालेको भएर अध्यक्ष हुने रे १ मैले योभन्दा ठूलो बेइमानी केही हुन सक्दैन भनेर हिँडेको हुँ ।’ प्रचण्डले भनेका छन्

दस्तावेजीकरण भएको होइन रु भन्दै प्रश्नमा प्रचण्डले जवाफ दिएका छन् ‘सहमति त भएको हो तर सहमति भएपछि तत्कालै मैले जालझेल देखेँ । अनि अस्वीकार गरेको हुँ । त्यो त्यतिबेला नै च्यातिदिएको हुँ ।एमालेकरण गराउने डिजाइन अन्तर्गत रहेछ भन्ने बुझेपछि मैले अस्वीकार गरेको हुँ ।’

ताजा अपडेट
सम्बन्धित समाचार