सार्वजनिक ओहदामा बसेका व्यक्तिको आयस्रोत खोज्ने बेला आएको छ :नैनसिंह महर

1.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् ।

नेता महरले भने, “साँँच्चै भन्ने हो भने राजनीति र व्यापारको फरक छुट्टिएन । राजनीति व्यापारीको कब्जामा छ । नीतिगत भ्रष्टाचार व्यापक छ । नीतिमै धावा बोल्ने चरित्र राजनीतिमा छ ।”

उनले थपे, “ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम हो ।

यसले आम नागरिकमा एनसेल प्रकरणको जस्तो खिन्नता आएको छ । हामीले धाराको पानी मात्र हेरेर भएन, मुहान पनि हेर्नुपर्यो ।”

सुशासनका निम्ति नागरिक निगरानी चाहिने उनले औंल्याए । महरले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पदाधिकारीमाथि जघन्य आरोप लागेका छन् ।

न्याय व्यवस्था भताभुंग भएको छ । एक करोड बजेटमा १५ लाखको पनि काम हुँदैन । जताततै चुहावटै चुहावट छ । सुशासनका निम्ति नागरिक निगरानी चाहिन्छ ।

सार्वजनिक ओहदामा बसेका व्यक्तिको आयस्रोत खोज्ने बेला आएको छ ।”