एमाले नेता श्रेष्ठद्वारा अचानक राजनीतिबाट सन्न्यासको घोषणा

1.2k Shares

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेका निवर्तमान सचिव एवं संविधान सभा सदस्य जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छ्न ।

मंगलबार साँझ सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेर श्रेष्ठले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन ।

उनले सामाजिक सन्यास फेसबुकमा लेखेका छ्न “पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै “सम्बृद्ध नेपाल सुखि नेपालि” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।”

सोमबार सम्पन्न नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबेदारी व्यक्त गरेका श्रेष्ठ र अर्का उम्मेदवार निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगर बिच सहमति नहुदा अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो ।