सर्यो एमाले प्रदेश अधिवेशन, अब कहिले होला ?

832 Shares

काठमाडौँ: कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको कारण नेकपा एमालेले प्रदेश अधिवेशन सारेको छ ।एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताएका छन् ।

कोभिडको तेस्रो लहर सुरु भएको कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ । पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।