उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

1.1k Shares

एजेन्सी : उत्तर कोरियाले एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको मिसाईल पूर्वी सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ ।

एक साताअघि मात्र उत्तरले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो ।

उत्तरले गत साता प्रहार गरेको हाइपरसोनिक मिसाइलबारे राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भइरहेका बेला प्योङयाङले मिसाइल प्रहार गरेको हो। 

‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहर गरेको व्यालिस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ, सीउलको जोइन्ट चीफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ । उत्तरले मिसाईल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ ।