प्रचण्ड र विप्लवसँग कुनै पनि हालतमा पार्टी एकता सम्भव छैन :मोहन बैद्य

1.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् ।

अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि एकता सम्भव नभएको बताएका हुन् ।