सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकद्वारा राजीनामा घोषणा

1.3k Shares

काठमाडौं: सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकले पदबाट राजीनामाको घोषणा गरेका छन्। सेनासँगको विवादास्पद सम्झौतापछि पुनः पदमा फर्किएका हमदुकले ६ सातामै राजीनामा दिएका हुन्।

गत अक्टोबरमा सेनाले शक्ति आफ्नो हातमा लिएर हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो। तर, कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँडसम्बन्धी एउटा सम्झौतापछि हमदुकको पुनर्बहाली गरिएको थियो।

उनी गत नोभेम्बरमा प्रधानमन्त्रीमा पुनर्बहाली भएका थिए। प्रदर्शनकारीहरूले हमदुक र सेनाबीचको सम्झौताको विरोध गर्दै पूर्ण रूपमा नागरिक शासनको माग गरेका छन्। लगातार दोस्रो दिन प्रदर्शन भएपछि हमदुकले पदबाट राजीनामा गरेका हुन्।