रुपन्देहीमा लोसपाले आमसभा गर्दै

4.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ: लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टी नेपाल रुपन्देहीले पौष १० गते विशाल आमसभा कार्यक्रम गर्ने भएको छ। 

प्रमुख अतिथि लोसपा अध्यक्ष र विशिष्ट अतिथि केन्द्रीय कार्यकारिणी सदस्य पुर्व मन्त्री सर्वेन्द्र नाथ शुक्लाको मुख्य आतिथ्यतामा उक्त कार्यक्रम हुन लागेको प्रवक्ता महमद इस्लामले जानकारी दिए ।

लोसपा पार्टी गठन भएपछि अध्यक्ष ठाकुरको रुपन्देहीमा यो पहिलो कार्यक्रम समेत भएको र  सभाकै दिन पार्टी प्रवेश कार्यक्रम पनि हुन लागेको उनले बताए । पहिला राजपा थियो त्यसपछि जसपा भयो र अब लोसपा पार्टी बने पछि अहिलेसम्मको क्रियाकलापले मधेशप्रति गरेको व्यवहार आममानिसमा पुर्याउने यस कार्यक्रमको मुख्य उदेश्य रहेको उनको भनाई छ ।


महन्त ठाकुर जस्तो त्यागी नेता जसले आफ्नो सम्पूर्ण कुरा धरापमा राखेर नीति,नियत र नेतृत्व गरेको र यी कुरालाई आमजनता माझ पुर्याउने काम गर्ने पनि उनले बताए ।