तराईमा फेरि ज्वालामुखी विस्फोट हुन सक्छ :ठाकुर

2.1k Shares

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो मुद्दाको विषयमा सम्बोधन नभए तराईमा फेरि ज्वालामुखी विस्फोटन हुने चेतावनी दिएका छन् । कांग्रेसको १४औं महाधिवेशनलाई शुक्रबार (आज) सम्बोधन गर्दै उनले अहिले संविधानमा अहसमति रहेको सम्बोधन र आन्दोलनको क्रममा भएको सहमति कार्यान्वन नुहँदा त्यसले ज्वालामुखी विस्फोट हुने बताए ।

ठाकुरले आन्दोलनको क्रममा लागेको नेताहरुको मुद्दा फिर्ता नभएको र नेताहरु जेलमा रहेको भन्दै त्यसलाई सम्बोधन हुनुपर्ने बताए । ’हाम्रो असन्तुष्टि कायम छ । यो संविधानमा थारुहट मधेसमा असन्तुष्टि प्रकट हुन थाल्यो । अन्ततः आन्दोलनको रुप लियो । थारुहट आन्दोलनमा संयुक्त लोकतान्त्रिक मोर्चासँग गरेको थियो,’ ठाकुरले भने, ’हाम्रो आन्दोलनलाई गोली र लाठीले दबाब खोजियो । त्यसक्रममा ठूलो जनधनको क्षति भयो । अहिले पनि हाम्रो नेताहरु जेलमा हुनुहुन्छ र माग पनि सम्बोधन भएको छैन । यसले ज्वालामुखीको रुपमा लिन सक्छ ।’

उनले पार्टीभित्र पनि स्थिरता आवश्यकता रहेको बताए । ’राजनीतिक दलले सरकार बनाउने हाम्रो व्यवस्था भएकाले दलभित्र अस्थिरता हुँदा त्यसको प्रभाव सरकारमा पनि पर्छ,’ उनले भने । अहिले तीनै अंगमा स्थिरता नभएको बताए ।