मधेशी गठबन्धनका प्रभावशाली युवा नेता यादवले गरे लोसपामा प्रवेश

4.9k Shares

काठमाडौं: डा.सीके राउतको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका प्रभावशाली युवा नेता जासर यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित लोकतन्त्र समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा अध्यक्ष महन्थ ठाकुरले यादवलाई पार्टी प्रवेश गराएका हुन् । 

डा.सीके राउतले स्वतन्त्र मधेश गठबन्धनलाई विघटन गरेपछि यादव राजनीतिबाट अग्गिएका थिए । उनी मधेशमा कृषि क्रान्ति अभियान सञ्चालन गर्दै आएका छन् ।