लोसपा:मधेशका एजेण्डा उठान गर्ने एकमात्र पार्टी !

2k Shares

काठमाडौंः मधेसका एजेण्डा पुर्ण रुपमा उठान गर्ने पार्टीको रुपमा हाम्रो पार्टी (लोसपा) मात्र रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष कुमार मिश्रले बताएका छन् । 

हामीसंग कुरा गर्दै नेता मिश्रले मधेशको एजेण्डा देखाएर चुनावमा भोट माग्ने र जिते पश्चात जनताको बिचमा नजाने पार्टीहरु अब छिट्टै मधेशबाट बिलयहुने आश्य व्यक्त गरे । 

उनले मधेशमा भएको सम्पुर्ण समस्याको निराकरण गर्न लोसपाले अग्रनी भुमिका खेलेको र अगामि दिनमा समेत लोसपा मधेशकै हकहितमा कार्य गर्ने दाबी गरेका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुरले देखेको सफल,सक्षम र समृद्ध मधेशको सपना पुरा गर्न सम्पुर्ण नेता कार्यकर्ता लागि परेको उल्लेख गर्दै हामीले उठाएको मधेशको एजेण्डा समेत छिट्टै पुरा हुने जिकिर गरे ।

उनले मधेशमा भएको अनेकन विकृती हटाउन लोसपा कहिले पछाडि नपर्ने बताए । मधेश बनाउन र राज्यबाट पछाडि पारिएका मधेशीहरुको उत्थान गर्न सबै मधेशीको प्रतिव्यक्ति आय बढाउन् र मधेशमा जातिय विभेद, सांस्कृतिक विभेद , महिला हिंसा जस्ता भएको खाड्लहरु पुर्न आवश्यक देखिएको नेता मिश्रले बताए । 

उनले थपे उर्बर भुमिको रुपमा चिनिएको मधेशमा कृषि क्रान्ति ल्याउन आवश्यक देखिएको छ ।