राप्रपामा नयाँ नेतृत्वको लागि थापा र लिङ्देनबीच प्रतिस्पर्धा 

8.7k Shares

काठमाडौं : आज सक्ने भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन भोलीको लागि लम्बिएको छ। महाधिवेशनमा प्रतिनिधिको विवाद भएपछि  दोस्रो दिनमा मात्रै प्रतिनिधिको विवाद टुंगिएकोले निर्वाचन प्रक्रिया अघि बढेको हो। 

फर्जी व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै  विरोध भएपछि चुनावी प्रक्रिया प्रभावित बनेको थियो। छानविन समिति गठन गरेर विवाद समाधान गरेपछि प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ।

समितिले टुङ्ग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको छ। मतदाता नामावली माथिको दाबी विरोध  बिहान देखि सुरु भएको नेता मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अन्तिम नामावली प्रकाशन गरेर बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको बताएका छन् । 

आज उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक गरेर भोलि मात्रै चुनाव हुनेछ।  अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुने छ। राप्रपामा नयाँ नेतृत्वको लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै राप्रपाले राप्रपाको उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर आज उम्मेदवारको मनोनयन गर्दै छ ।

त्यस्तै केन्द्रीय उपाध्यक्षका उम्मेदवारले ७५ हजार, महामन्त्रीले ५० हजार र केन्द्रीय सदस्य बन्न चाहनेले १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। 

महाधिवेशनले १ सय ९४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। उम्मेदवारी दर्ताबाट मात्रै पार्टीले कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।