पार्टीको नेतृत्व विश्वासीलो र बलियो नभएकाले राप्रपाका एजेण्डाहरु ओझेल परे : नेता राणा

1.4k Shares

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीका उम्मेदवार धवलशमसेर जवराले पार्टीका वर्तमान अध्यक्ष कमल थापालाई जनताले पत्याउन छाडेको र अब नयाँ अध्यक्ष ल्याउनु पर्ने अभिव्यक्ति दिएका छन् । 

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने “कमल थापालई अध्यक्ष नै बनाइरहेमा जनताले भोट नदिने अवस्था रहेकाले पार्टीको अध्यक्ष परिवर्तन गर्नु परेको हो ।

”अध्यक्ष थापाको विगतको भूमिका राम्रो नदेखिएको, विवादास्पद र शंकास्पद रहेको आरोप पनि उने लगाए । नेपाली जनताले परिवर्तन चाहेका छन, राजतन्त्र चाहेका छन्, त्यो राप्रपाको एजेण्डा छ तर पार्टीको नेतृत्व भरपर्दो, विश्वासीलो र बलियो नभएकाले राप्रपाका एजेण्डाहरु ओझेल परेको नेता राणाको भनाई छ ।