कानुन व्यवसायीले न्यायाधीश कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन गरे आग्रह 

1.1k Shares

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ ९६० अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले बिहीबार न्यायाधीशहरुसँग छलफलका क्रममा संवैधानिक भूमिका क्रियाशील बनाउन वरिष्ठतम न्यायाधीश कार्कीलाई आग्रह गरेका हुन् ।

छलफलपछि बारले गरेको विरोध सभामा बोल्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पनि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा सक्रिय हुन नचाहने हो भने वरिष्ठतम न्यायाधीशलाई पनि शंकाको दृष्टिले हेर्ने चेतावनी दिए ।

संविधानको धारा १२९ ९६० मा प्रधानन्यायाधीश काम गर्न असमर्थ भएमा वा अदालतमा उपस्थित नभएमा वरिष्ठतम न्यायाधीश स्वत: कार्यवाहक प्रधानन्यायाधीश बन्ने उल्लेख छ ।