नेता बस्नेतले १०औँ महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा 

463 Shares

काठमाडौँः नेकपा एमालेका नेता महेश बस्नेतले आफूले १०औँ राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । 

बस्नेतले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि दावी गरे । त्यस्तै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै १०औँ  महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी पनि गरे । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने उनले जानकारी दिए । त्यस्तै उहाले पार्टीको अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए ।

त्यस्तै बस्नेतले यसपटक प्यानल बनाउने कुनै प्रक्रिया नै नहुने जिकिर पनि गरे । 

 

ताजा अपडेट