कांग्रेसको जिल्ला सभापतिमा विनोद बान्तावा निर्वाचित

655 Shares
सम्बन्धित पार्टी

भोजपुरः नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको चौधौं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४ सय १५ मत ल्याएका थिए । वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३ सय ९२ र बालकृष्ण थापाले ३ सय ६० मत ल्याएका थिए ।

तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताए । जम्मा एक हजार २ सय २७ मतमा एक हजार १ सय ६७ मत सदर भएको र ६० मत बदर भएको थियो ।

ताजा अपडेट