अनशन बस्दै आएकी सामाजिक अभियन्ता बरालको वीरमा उपचार हुदैँ

335 Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा अनशन बस्दै आएकी सामाजिक अभियन्ता तारा बरालको वीर अस्पतालमा उपचार भैरहेको छ । महिलामाथि अपशब्द बोलेको वकिलहरुलाई कारवाही, एमसीसी खारेज लगायतको ४ वटा  राख्दै बिजुली बजारको एउटा घरमा आमरण अनशन बस्दै आएकी उनलाई सोमबार साँझ अस्पताल लगिएको हो । उनको इमर्जेन्सीमा उपचार भैरहेको छ ।

उनी कात्तिक ३० गते बेलुकादेखि गोप्य रुपमा आमरण अनसन बसेको निकटस्थ स्रोतले जनाएको छ ।

यसअघि भद्रकाली मन्दिर नजिकै पिपलबोटमा आमरण अनसन बस्न लागेको अवस्थामा अभियन्ता बरालसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बराल समुहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च परिसर र बारको परिसरमा धर्ना दिँदै आएका थिए ।

ताजा अपडेट