एमाले स्थायी समितिको बैठक किन भयो स्थगित ?

384 Shares

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। यसअघि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक भोलि बस्ने गरी स्थगित भएको हो। बैठक भोलि बिहान ११ बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ,’ तामाङको भनाइ छ। नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको जनाइएको छ। महाधिवेशन तयारीको समीक्षा र विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने बैठकको कार्यसूची थियो।

एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन्। 

ताजा अपडेट