नेपालले हङकङलाई दियो १०५ रनको लक्ष्य

8.2k Shares

काठमाडौंः आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पहिलो खेलमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हङकङले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि सीता राना मगर र इन्दु बर्माले सम्हालिएर ब्याटिङ गरेका थिए । सीताले ४० तथा इन्दुले ३१ रन बनाइन् ।

ताजा अपडेट
सम्बन्धित समाचार