जिल्ला प्रशासन कार्यालय बाजुराले गर्यो यस्तो निर्णय !

258 Shares

बाजुराः बाढीपहिरोले क्षति पुर्‍याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले शनिवार सूचना जारी बताएको हो । 

जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरमा क्षति भएका र मृत्यु भएका व्यक्तिको परिवारलाई जग्गाधनी लालपूर्जा, वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का र बाढीपहिरोमा परी भएको क्षतिको फोटोलगायतका कागजातका आधारमा राहत वितरण गरेको जनाउँदै आएको छ । 

प्रशासनले गत मंगलवार साँझ सार्वजनिक गरेको राहत पाउनेको सूचीमा पीडित भन्दा गैरपीडितको नाम धेरै भेटिएको थियो । वास्तविक पीडितले अहिलेसम्म राहत नपाएको तर क्षति नै नभएकाले प्रशासनबाट राहत बुझेको सूचीमा भेटिएको थियो । रासस

ताजा अपडेट