अध्यक्ष नेपालद्धारा मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी 

274 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरेका छन् । आइतबार बिहान संयुक्त विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै उनले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका हुन् ।

उनले पाइपलाइनमार्फत पेट्रालियम पदार्थ आयात भएपछि मूल्य घट्नुपर्नेमा झन् बढ्दै गएको बताए । उनले भने, ‘रक्सोलबाट पाइपलाइनबाट आयात भएपछि झन् सस्तो हुनुपर्ने हो । यो त मैले पनि बुझेको छैन । यी सबै कुराहरुको बारेमा सम्बन्धित निकायसँग म पनि बुझ्छु । यसमा सरकारको ध्यान जानुपर्छ । यसबारेमा सत्ता साझेदार दलसँग म पनि कुरा राख्छु ।’

उनले जनतामाझ रहन पनि मूल्यबृद्धि नियन्त्रण गर्न सरकार अग्रसर हुनुपर्ने बताए । उनले जनजिविकाका मुद्दालाई शान्तिपूर्ण ढंगले उठाइराख्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । 

ताजा अपडेट