आजबाट माओवादी केन्द्रले देशभर गर्दै वडाअधिवेशन

485 Shares
सम्बन्धित पार्टी

काठमाडौं। आजबाट नेकपा माओवादी केन्द्रले देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ। ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको माओवादीले जनाएको छ।

साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि पार्टी प्रवक्ता कृष्ण बहादुर महराले विज्ञप्तीमार्फत् आग्रह गरेका छन्।

यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ।

आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ। यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ। 

ताजा अपडेट