माओवादी केन्द्रको वडा सम्मेलन देशभर हुदैँ

501 Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा माओवादी केन्द्रको देशभर वडा सम्मेलन हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले भोलि (शनिबार) वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो। यसैसन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर प्रवक्ता कृष्णबहादुर महराले विभाजित नभइ वडा सम्मेलनमा सहभागि हुन अपिल गरेका छन् ।

यसैगरी, मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।

 

000.jpg

ताजा अपडेट