एस पार्टी अब प्रदेश २ सरकारमा सहभागि हुने, विपक्षीमा तनाव

527 Shares

जनकपुरधाम -  नेकपा एकीकृत समाजवादी पार्टी (एस) अब प्रदेश २ सरकारमा सहभागि हुने भएको छ। सरकारमा सहभागी हुने मन्त्रीको नाम पनि टुंग्याएको छ ।

पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले बताएका हुन्।  

नेकपा एसलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका थिए ।

एकीकृत समाजवादीलाई यो मन्त्रालायसहित कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने तयारी छ । पार्टीका प्रदेश इन्चार्ज साहका अनुसार दुवै मन्त्रीको शपथ ग्रहण आइतबार दिउँसो २ बजेका लागि राखिएको छ । 

ताजा अपडेट