यसो भन्छन् प्रधानमन्त्री देउवा  विद्युतीय सवारी साधन बारे !

796 Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी साधनको प्रवद्र्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन सरकारले विशेष कार्ययोजना बनाएर लागू गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो देशको विद्युत खपतका लागि सरकारले बिशेष कार्ययोजना बनाएर लागू गर्ने बताएका हुन् । 

उनले केहि वर्षपछि विद्युत उत्पादनमा नेपालको नेतृत्वदायी भूमिका हुने समेत बताए । प्रधानमन्त्री देउवाले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वास समेत दिलाए ।

त्यस्तै उनले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा  सरकारले विशेष ध्यान केन्द्रित गरेको उल्लेख गरे ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताए । सोलारमा राज्यको नीतिका बिषयमा छलफल आवश्यक रहेको भन्दै उनले विद्युत व्यापारमा उठेका विषयलाई पनि सम्बोधन गर्न तयार रहेको उनले बताए ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले १० वर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य पुरा गर्न आफुहरु तयार भएको भन्दै यसका लागि राज्यले उचित नीति बनाउनु पर्ने धारणा राखे । आन्तरिक खपतका साथै व्यापारका लागि पनि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।


कार्यक्रममा प्रधानमन्त्री देउवाले ऊर्जा उत्पादनमा योगदान पु¥याउनेलाई सम्मान गरेका थिए । 

 

ताजा अपडेट