लोसपाका नेता महतोले लगाए प्रधानन्यायाधीश जबरालाई न्यायिक विचलनको आरोप

620 Shares

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताए । 

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश जबराले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन तत्काल राजीनामा दिन जबरालाई सुझाव दिए । 

जबराले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीश समेत विरुद्धमा लागेपछि जबराले पदमा बस्न नहुने धारणा राखे । 

ताजा अपडेट