बन्द गराउने ११ कार्यकर्ता पक्राउ, तत्काल रिहा गर्न माग

530 Shares

काठमाडौँः पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्तालाई दमौलीबाट प्रहरीले पक्राउ गरेका छन्। आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लवनिकट उक्त पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इञ्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे । रासस

ताजा अपडेट