देवपुरा रुपैठामा हिन्दु-मुस्लिम समुदायबीचको विवाद यसरी भयो समाधान

766 Shares

जनकपुर -  देवपुरा रुपैठामा दुई समुदाय बीच भएको विवादमा आज जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसम्मतिबाट समाधान गरिएका छन्। 

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा भाको घटनालाई जिल्ला प्रशासन कार्यालय धनुषाले निष्पक्ष रूपमा छानबिन गरिएको छ। आइतबार सिडिओ कार्यालय धनुषामा दुबै पक्षलाई बोलाएर सर्वसम्मतिबाट समाधान गरि टुंगो लगाइएको छ। 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थानीय दुवै समुदायका अगुवालाई बोलाएर र जनकपुरधाम उपमहानगरको मेयर लालकिशोर साहको उपस्तिथिमा विवादित घटनालाई समाधान गरिएको छ। 

पत्रमा लेखिए अनुसार अबदेखि तेलिया पोखरी डिलमा दुवै समुदायले पर्व मनाउने छन्। कसैले कसैलाई रोक नलगाउने निर्णय भएको छ। 

depura-rupaitha.jpeg

ताजा अपडेट