किसानको हित र कल्याण गर्नु राजनीतिको मूल विषय होः नेपाल

535 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु एमालेको ढोका बाहिर रोईकराई बसेको टिप्पणी गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा सभामा अध्यक्ष नेपालले एमालेको ढोका बन्द गरिएपछि आफुहरुले नयाँ ढोका खोलेको भन्दै अहिले पनि आँट नभएकाहरु एमालेको ढोकामा रोईकराई बसेको टिप्पणी गरेका हुन् ।

उनले आँट भएकाहरु नयाँ संगठन बनाएर अघि भएकाले आफुहरुले नयाँ बाटो रोजेको बताए । नेपालले कृषि क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको धारणा पनि राखे । 

त्यस्त,ै उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको जिकिर गरे । कृषिमा आधारित बस्तुको उत्पादनलाई बढावा दिन भू उपयोग नीतिको तर्जुमा गर्नु जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा अध्यक्ष नेपालले अखिल नेपाल किसान महासंघको पदाधिकारीलाई सपथ खुवाएका थिए । 

 

ताजा अपडेट