नेता गगन थापा भन्छन् ''तीन महिना मात्रै बाँकी काँग्रेसको इतिहासले पुग्दैन केहि नयाँ गर्छु'' 

514 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं।  आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका नेता गगन थापाले विश्वास व्यक्त गरेका छन्। 

नेता थापाले भने' गत निर्वाचनमा काँग्रेसको ३२ लाख मत पाएको थियो।  पहिलो पार्टी बन्न ४५ लाख मत आवश्यक रहेको हुनाले उक्त मतले मात्र काँग्रेस पहिलो पार्टी बन्न नसक्ने उहाँको भनाई छन्। फेरी, उनले भने १३ लाख मत काँग्रेसले थप्नुपर्नेछ।  

काठमाडौंको वडा र पालिका अधिवेशनमा विजयीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले आवश्यक थप मत पुर्‍याउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे। उनले आगामी चैत्र ५ भित्रै स्थानीय निर्वाचन हुनुपर्ने बताए। चैत ५ भन्दा स्थानीय निर्वाचन पर सार्ने सुविधा संविधानले नदिएको उनले प्रष्टाए। चैत ५ पछि स्थानीय तहको निर्वाचन गर्ने भए अध्यादेश ल्याउनुपर्ने उनको तर्क छ। ‘हामीलाई तीन महिना मात्रै बाँकी छ,’ नेता थापाले भने, ‘१८ वर्षको मतदातालाई काँग्रेसको इतिहास सुनाएर हुँदैन। भविष्यमा काँग्रेसले गर्ने कार्य बताउन सक्नुपर्दछ।’ थापाले भने।  

 

ताजा अपडेट