एनएमसिको चुनाव मंसिरमा, डा.शाह पनि सदस्यमा दाबी गर्दै !

6.2k Shares

काठमाडौँः नेपाल मेडिकल काउन्सिल (एनएमसि)को २०७८ मा हुने भनिएको निर्वाचण को मिति तय भएको छ । उक्त निर्वाचमा डा.सुधीर कुमार शाहले   नेपाल मेडिकल काउन्सिलको सदस्यमा दाबी पेश गर्ने भएका छन् ।

डा. शाहले आफू सदस्यमा निर्वाचित भएमा चिकित्सा क्षेत्रमा के कस्ता कुराहरूमा सुधार गर्ने भनेर एजेण्डा समेत सार्वजनिक गरिसकेका छन् ।

उनले भने-"एनएमसिमा गरिने सम्पूर्ण काम विद्युतिय/अनलाइन प्रक्रिया बाट गरिने छ, त्यहाँका खाकाहरुलाई आवश्यकता अनुसार  संशोधन गर्ने छु भने एनएमसीले गरेको काम र जिम्मेवारीलाई चिकित्सा विभागलाई हस्तक्षेप नगर्न चिकित्सा विभागलाई आग्रह गरिने छ ।"

त्यस्तै, डा. शाहले उक्त एजेण्डा मार्फत विदेशबाट पढेर आएका डाक्टरलाई नेपालमा आएर काम गर्न सहज वातावरण बनाउने पनि उल्लेख गरेका छन् ।

उनले चिकित्सा क्षेत्रमा गरिने भ्रष्टाचार र व्यक्तिगत फाइदाका लागि गरिने अनैतिक काममा रोक लगाउने समेत दाबि गरेका छन् ।

निर्वाचन उपत्यका बाहिर मंसिर ३ र ४ गते हुने छ भने उपत्यका भित्र मंसिर १० र ११ गते हुने भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार