माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

453 Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक साँझ ६ बजे भर्चुअल रुपमा बस्ने निर्णय भएको हो।

बैठकमा आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए।

माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ। बैठकमा पार्टीको वर्तमान अवस्था तथा भावी रणनीतिबारे समेत छलफल हुने जनाइएको छ।

संगठित सदस्य ७ लाखभन्दा बढी पुर्याउने लक्ष्य दिएको पार्टीले नवीकरणमा उत्साहजनक सहभागिता देखिएकाले समय थप गर्ने विषयमा छलफल गर्न लागेका हुन्।

ताजा अपडेट