अस्पतालमा आगलागी, ४ बालबालिकाको मृत्यु

2k Shares

एजेन्सीः मध्यप्रदेशको राजधानी भोपालस्थित हमीदिया अस्पताल परिसरमा रहेको कमला नेहरु चिकित्सालयमा सोमबार आगलागी हुँदा ४ बालबालिकाको ज्यान गएको छ । अस्पतालमा रहेका ४० बालबालिका मध्ये ३६ जनाको सकुशल उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाएकाका परिवारलाई चाररचार लाख रुपैयाँ राहत दिने त्यहाँको प्रदेश सरकारले घोषणा गरेको छ  । यस्तै घटनाबारे थप अनुसन्धान गर्न मुख्यमन्त्री शिवराज सिंह चौहानले निर्देशन दिएका छन् ।