तिहार सकिएसँगै सुनको मूल्यमा वृद्धि

372 Shares

काठमाडौंः  नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । तिहार सकिएपछि सोमबार सुन तोलामा १५ सय रुपैयाले बढेको छ ।  
 
तिहार अघि तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँ कारोबार भइरहेको छ । 

ताजा अपडेट