ड्रोनद्धारा इराकका प्रधानमन्त्री कादिमीलाई हमला

423 Shares

एजेन्सीः  इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । 

बगदादको ग्रीन जोन क्षेत्रमा भएको उक्त आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका सात जना अंगरक्षक घाइते भएका छन् भने आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । 

उक्त ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । भने प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको बताएका छन् । उनले शान्ति कायम गर्न अपीलसमेत गरेका छन् ।

ताजा अपडेट