न्यायालय विवादमा दलहरूको मौनता प्रति भट्टराईको गुनासो 

494 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले न्यायालयको विवादबारे मुख खोलेका छन्। दलहरू मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका छन्।

न्यायालयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्ती सच्याउन नसके संसद्‌ अघि सर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सिधै हटाउनुपर्छ त भनेका छैनन् तर उनको आशय जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद्‌ अग्रसर हुनुपर्ने रहेको छ ।

‘उनले ट्वीटरमा शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भने पनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ डा। भट्टराईले भनेका छन्, ‘राज्यरसमाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासँगको मिलेमतोमा गल्ती गर्दा कसले सच्याउने?  कि आफैले नत्र व्यवस्थापिकाले हैन र रु गल्ती ढाकछोप नगरौं।’ भनेर ट्वीट गरेका छन् ।

 

000.jpg

 

 

 

 

 

ताजा अपडेट