उइगर मुस्लिमहरुको व्यथा,नेपालमा भाइचाराको कथा 

471 Shares

मिथिलाको प्राचिन राजधानी जनकपुरधाम हाल प्रदेश २ को राजधानी रहेको छ। त्यहाँ भाइचारा र सामाजिक सद्भावका लागि विशेष कार्यक्रमहरु आयोजना हुने गर्दछन। त्यसरी नै मोहम्मदका अवसरमा आयोजित एक कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी साथै जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साहको उपस्थिति रहेको थियो । 

अध्यक्ष अन्सारीले नेपालमा रहेको समाजिक सद्भाव उदाहरणीय रहेको विचार व्यक्त गर्दै अमन ,चैन  र शान्तिका लागि सबैभन्दा अगाडि रहेको नेपाल धार्मिक सहिष्णुतामा पनि अग्र पङ्गतिमा रहेको बताउनुभएको थियो।मेयर लालकिशोर  शाह र वडा अध्यक्षहरु पनि सहभागी  रहेको उक्त कार्यक्रममा  मुस्लिम आयोगका अध्यक्ष अन्सारीले केही व्यक्तिहरुलाई हाम्रो एकता मन नपरेको पनि बताउनुभएको थियो । अध्यक्ष अन्सारीले हामी दशहरा  ,होलि ,छठ सबैमा खुसियाली मनाउने गर्दछौ भन्दै गौरव गर्नुभयो।  साथै  मोहम्मदको अवसरमा भाइचाराको सन्देश पनि दिनुभयो।  

यी सबै  सन्देशमा छिमेकी देशहरुमा भइरहेको शोषणबारे चर्चा गर्न चाहनु भएन। चीनमा उइगर मुस्लिम माथि भइरहेको अन्यायको  चर्चा गर्नु भएन । विश्वका मानवअधिकारकर्मी द्वारा समयसमयमा उइगर  मुसलमानहरुको  नरसंहार भइरहेको प्रतिवेदन सार्वजनिक हुदै आएको छ। चीनको उत्तरपश्चिम सिन्जियांग क्षेत्रमा उइगरहरूको जनसंख्या करौडौं  रहेको छ। सिन्जियांगमा  कुल जनसंख्याको लगभग आधि आवादी उइगरहरूको रहेको छ। त्यसमध्ये बहुसंख्यक मुस्लिम धर्म मान्ने गर्दछन्।चीनमाथि  उइगरहरूको नरसंहार गरेको आरोप संयुक्त  राज्य अमेरिकाले लगाउँदै आएको छ।  सन् २०१२ मा संयुक्त राष्ट्रसङ्घको एउटा मानवअधिकार समितिले सिन्जियाङस्थित शिविरहरुमा १०  लाख मानिसहरु लाइ कैदमा राखिएको रिपोर्ट प्राप्त भएको जनाएको थियो। सन् २००९ मा सिन्जियांगमा भएको झडपहरुमा  करिब दुई सय व्यक्ति मारिएका थिए जसका लागि चीनले अलगववादीको आरोप उइगरहरुमाथि लगाएको थियो।  

नेपालमा रहेको मुस्लिम अगुवाहरुले  चीनमा  रहेका उइगर मुस्लिमकाबारे  चर्चा गर्न डराउने गरेका छन्।  सामाजिक सद्भाव र एकताको चर्चा गरिरहँदा पनि उइगर  मुस्लिमहरुको व्यथा बारे बोल्न चाहदैनन्। आफ्नो दिनचर्यामा व्यस्त नेपाली मुस्लिमहरु छिमेकी चीनको अवस्थाबारे आँखा चिम्लिने गरेका छन्। भौगोलिक रुपमा सहज नभएर हो या अन्य कुनै कारणले डराएको हो यसबारे चर्चा हुनुपर्ने आवश्यक छ।  

नेपाली मुस्लिमहरु भाइचारामाथि विश्वास  राख्दछन्।  एकआपसमा हर्ष उल्लास मनाउन अभ्यस्त रहेका छन्। एकताका संदेश साथ उत्सव  मनाउने नेपाली मुस्लिमहरुले आफ्नो व्यवहार सबैतिर अनुसरण होस् भनी चाहन्छन।

ताजा अपडेट