कामै नलाग्ने विमान दिएर चिनले बर्बाद गरे नेपालको वायुसेवा , यसरी ठगिए नेपाल !

1.3k Shares

नेपाल वायुसेवा निगमले निकै तामझामका साथ करिब ७ वर्षअघि भित्र्याएका चिनियाँ जहाज अन्ततः ‘ग्राउन्डेड’ भएर थन्किएको छ । नेपाल वायुसेवा निगमका अनुसार यी जहाज उडाउँदा वार्षिक ५० करोडभन्दा बढी घाटा हुनथाले पश्चात निगमले २०७७ साउन १६ देखि ५ वटा जहाजको उडान बन्द गरेको थियो ।  

त्यतीखेर निगमले राजधानीमा पत्रकार सम्मेलन गर्दै चिनियाँ जहाजबाट नाफा नहुने भएकाले बन्द गर्न लागेको जानकारी दिएका थिए । ‘पाँचवटा आर्थिक वर्षमा ६ वटा चिनियाँ जहाज उडाउँदा निगमले २ अर्ब ३० करोड रुपैयाँ भन्दाबढीको नोक्सानी बेहोरेको देखियो,’ निगमको सञ्चालक समितिका एक सदस्यले नाम नछाप्न आग्रह गर्दै भनेका थिए, ‘महालेखाले पनि हामीलाई यी जहाजबारे ठोस कार्ययोजना बनाउन भन्दै आदेश दिएको थियो ।’

यी जहाज उडाउने तालिम गत साता जारी गरिएको थियो । निगमसँग हाल तीनवटा १९ सिट क्षमताका वाइ १२–ई र ५६ सिट क्षमताका दुइटा एमए–६० जहाज छन् । एउट वाई १२–ई २०७६ चैत १५ गते नेपालगन्जमा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको थियो । यी विमान नेपाल सरकार स्वामित्वका हुन् । 
नेपाल सरकारले चिनियाँ एक्जिम बैंकको ४ अर्ब ३२ करोड रुपैयाँ सहुलियत ऋण तथा अनुदानमा ०७१ असारमा खरिद गरेर निगमलाई सञ्चालन गर्न दिएको थियो । सरकारले निगमलाई ७ वर्षपछि मात्रै ऋण भुक्तानीको सुविधा दिएको थियो । तर, उक्त अवधि पूरा नहुँदै निगमको सञ्चालक समितिले जहाज नउडाउने निर्णयको पत्र सरकारलाई पठायो ।  

‘निगमको २०७७ असार १६ गते बसेको सञ्चालक समितिको बैठकले चिनियाँ जहाज सञ्चालन गर्न नसकिने जानकारी पत्र मन्त्रालयमा पठाइसकेको छ,’ एक श्रोतले जानकारी दिए । निगमले यी जहाजहरू मुनाफामा सञ्चालन गर्ने मोडालिडी तयार गर्न विभिन्न समयमा ८ वटा उपसमिति गठन गरेको तर नाफामा सञ्चालन गर्न नसकेको जनाएको छ । ‘सञ्चालक समितिका २० वटा बैठकमा यी जहाजकै बारेमा गहन छलफल भए,’ निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ती बोर्ड सदस्यले भने, ‘तमाम प्रयासका बाबजुद पनि जहाजहरूबाट मुनाफा आर्जन गर्न नसकिने निष्कर्ष निकाल्दै ग्राउन्डेड गर्ने निर्णय गरेका थिए ।  

चिनियाँ जहाज सञ्चालन गर्दा मुख्य गरी बेला बेला प्राविधिक समस्या आउने गरेको छ । श्रोतका अनुसार चिन सरकारले आफ्नो सबैभदा सस्तो र गुणस्तर नभएको विमान नेपाल सरकारलाई सबैभन्दा महङ्गोमा बेचेको हो । चिन सरकारले दुईवटा विमान सित्तैमा दिने भनेपछि कमिसन खाने चक्करमा नेपालले उक्त विमान खरिद गर्ने सहमती गरेको थियो । जानकारहरुका अनुसार चिनले उक्त विमानहरु खरिद गर्न भनेर पहिले बङगलादेशलाई प्रस्ताव गरेका थिए । तर,बङ्गलादेशले चिनको ठग निति बुझेपछि तत्काल उक्त जहाज नकिन्ने निर्णय लिएको थियो । तर, कमिसनको चक्करमा नेपालले कामै नलाग्ने उक्त विमान नेपाल ल्याएका थिए । नेपाल ल्याएका जहाजहरु केहि समयपनि राम्ररी नचलि थन्किएको छ । यसले नेपाल सरकारलाई अर्बौको घाटा बेहोर्नु परेको छ । 
यता जहाजमा अनेकन समस्या उत्पन्न भएको देखिए पश्चात नेपाल वायुसेवा निगमको तर्फबाट चिनियाँ पक्षलाई बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरेको एक बोर्ड सदस्यले खुलासा गरेका छन् । ओली सरकारमा योगेश भट्टराई  पर्यटनमन्त्री भएको बेला चिनियाँ जहाज सञ्चालन गर्दाका समस्याबारे चिनियाँ राजदूत हाउ यान्छीसँगको भेटमा पनि जानकारी गराएको बताएका थिए । तर नेपाललाई ठगेको चिनको तर्फबाट प्रतिउत्तरमा चिनियाँ राजदूतले ‘चिनियाँ जहाज जेसुकै गर्ने नेपाल सरकारलाई अधिकार रहेको उल्लेख गर्दै यो तपाईंहरूको मामला हो’ भनी जवाफ दिएको मन्त्री भट्टराईले बताएका थिए । 

निगमले यी जहाजलाई फिर्ता पठाउने वा लिलाम, बिक्री गर्ने काम सरकारको रहेको बताउदैं आइरहेको छ । ‘यी जहाज खासमा नेपालको व्यावसायिक आवश्यकताका आधारमा ल्याइएका रहेनछन्’ एक बोर्ड सदस्यले भने, ‘अब सरकारले नै यसबारे विस्तृत अध्ययन गरोस् ।’ निगमले हाल एउटा एमए–६० र एउटा वाई १२–ई मात्रै उडाउँदै आएको छ । बाँकी रहेका मध्ये एउटा एमए–६० झण्डै १८ महिनादेखि ग्राउन्डेड छ भने दुइटा साना वाई १२–ई ५ वर्षदेखि ग्राउन्डेड छन् ।
चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड भएका छन् ।

ताजा अपडेट