ताइवानलाई रक्षा गर्न बाइडनले जनाए प्रतिबद्धता

9.1k Shares

एजेन्सी: चीनले ताइवानमा आक्रमण गरेमा ताइवानको प्रतिरक्षाका लागि अघि सर्ने प्रतिबद्धता अमेरिकाका राष्ट्रपति जो बाइडनले गरेका छन् । 

सीएनएन टाउनहलमा उनलाई ताइवानको रक्षाका विषयमा प्रश्न सोध्दा उनले भने, ‘हो, त्यसप्रति हामी प्रतिबद्ध छौं ।’

अमेरिकाले ताइवानका विषयमा लिएको रणनीतिक दोधारको नीतिबाट बाइडनको भनाइ विपरीत छ । उक्त नीतिअन्तर्गत वाशिङटनले ताइवानको रक्षाका लागि सहायता उपलब्ध गराउँछ तर युद्धको स्थितिमा सहयोग गर्न आउने स्पष्ट प्रतिज्ञा गर्दैन । 

टेलिभिजनमा लाइभ गरिएको टाउनहलमा एकजनाले बाइडनलाई चीनले द्रुत गतिमा गरिरहेको सैन्य प्रगतिसँग अमेरिकाले मेल खान्छ भनी सोध्दा बाइडनले सक्छ भने । 

केही समययता चीनले ताइवानमाथि दबाब दिनका लागि आफ्ना लडाकू विमानहरू पठाइरहेको छ । 

सानो गल्ती भयो भने पनि युद्ध भड्किन सक्ने आशंका छ ।
 

 

ताजा अपडेट
सम्बन्धित समाचार