आज सुन कतिले  हुँदैछ कारोबार ?

853 Shares

काठमाण्डौ : आज (बिहिबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा ९१ हजार ४ सय रुपैयाँले कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।