दशौँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा हुन्छ : ओली

7.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने बताएका छन् । बुधबार वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले स्थान भने भोलि तय हुने बताए ।

“महाधिवेशन हुन्छ । तोकिएको समयमै हुन्छ । महाधिवेशन सर्दैन । कहाँ हुन्छ भन्ने भोलि तय हुन्छ,” उनले भने ।

विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उनले तर कहाँ हुने भन्ने निश्चित भइनसकेको बताए । भोलि एमाले स्थायी कमिटीको बैठक बस्दै छ । आउँदो मंसिरमा पार्टीको महाधिवेशन गरिँदै छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार