एमालेबाहेक अरूले बहुमत ल्याउँदैन भन्नुपर्यो, गल्ती त बोल्नुभएन नि! : ओली

688 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं।’ 

उनले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरे। अरू कसैले बहुमत ल्याउन नसक्ने तर एमालेले ल्याउने उनको दाबी छ।  देश बनाउने र सरकार बनाउने कुरा फरक छ । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं’, ओलीले भने । उनले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताए । 

‘एमालेकै कतिपय नेताले आगामी चुनावमा कुनै पार्टीले बहुमत ल्याउँदैनन् भने गल्ती बोल्ने गरेका छन्’,उनले भने,  ‘हाम्रै साथी पनि कसैले बहुमत ल्यायउँदैन भनेर पाक्कपुक्क बोल्दिन्छन्। एमालेबाहेक अरूले बहुमत ल्याउँदैन भन्नुपर्यो। गल्ती बोल्नुभएन नि।’

 

ताजा अपडेट