सिरियाको राजधानी दमिश्कमा बिस्फोट, १३ सैनिकको मृत्यु

8.7k Shares

काठमाडौँ: बुधबार बिहान सिरियाको राजधानी दमिश्कमा एक फौजी बसलाई निशाना बनाएर गरिएको बिस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । यो खबर सिरियाको सरकारी मिडियाले जारी गरेको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको छ । 

सिरियाको सरकारी समाचार एजेन्सीले दिएको जानकारी अनुसार जिसर अल–रईस पुलमा बसलाई दुई बिस्फोटक उपकरणमार्फत् एक ‘आतंकवादी’ हमलाको निशाना बनाइएको छ । रिपोर्टमा बताइए अनुसार सेनाले घटनास्थलमा भेटिएको अर्को बिस्फोटक उपकरणलाई नष्ट पारिएको छ ।

यस वर्ष मात्रै सैन्य बहानलाई लक्षित गरी पूर्वी सिरियामा कैयौं हमला भएका छन् । उक्त क्षेत्र वरपरको मरुभूमिमा सक्रिय इस्लामिक स्टेटले ती हमला गरेको बताइन्छ ।

ताजा अपडेट
सम्बन्धित समाचार